वैशाख २७ । बालबालिकालाई नियमित विद्यालयमा ल्याउन सरकारले दिवा खाजाको व्यवस्थामा कपिलवस्तु, सिराहा, धादिङ र जुम्लामा मात्रै ६५ लाख ९२ हजार अनियमितता भएको पाइएको छ ।
शिक्षा कार्यालय धादिङले दिवा खाजाका लागि नतोकिएका ५ विद्यालयलाई खाजा खर्च भन्दै निकासा दिएको पाइएको छ । यता, कपिलवस्तु र जुम्लामा विद्यालय खुलेभन्दा बाहेकका दिनमा पनि विद्यार्थीलाई खाजा खुवाएको भन्दै अनियमितता गरिएको छ ।
शिक्षा कार्यालयले विद्यालयलाई खाजा खर्च दिँदा कति विद्यार्थी अध्ययनरत छन् ? कति दिन विद्यालय खुलेको छ ? त्यस आधारमा भुक्तानि दिनुपर्नेमा यसै विषयमा अनियमितता भएको हो ।
सिराहामा फ्ल्यास रिपार्टमा भने उल्लेख भएका विद्यार्थी संख्याभन्दा बढी रकम लिएर घोटला गरेको पाइएको छ ।
 शिक्षा विभागले कणरलीको ५ जिल्लामा एक विद्यार्थी बराबर दैनिक १५ रुपैयाँ दिने गरेको छ । त्यस्तै तराई र पहाडका अन्य १४ जिल्ला कैलाली, बर्दिया, दाङ, प्यूठान, रोल्पा, कपिलवस्तु, नवलपरासी, बारा, धादिङ, सिन्धुपाल्चोक, रसुवा, सिराहा, सप्तरी र सुनसरीका विद्यार्थीलाई दैनिक १२ रुपैयाँको खाजा दिने गरेको छ ।
विद्यालय छाड्ने, कक्षा दोहोरिने दर बढी भएको विद्यालयमा सरकारले दिवा खाजाको व्यवस्था गरेको हो । त्यस्तै खाद्यान्न अभाव हुने, सीमान्तकृत, विपन्न वर्ग र आदिवासीे बसोबास भएका क्षेत्रका विद्यालयमा खाजा खुवाउने गरिएको छ ।
फोटोः प्रोफाइल
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।