वैशाख २५ । नायक अक्षयकुमार अभिनित चलचित्र सुटिङ गर्न आएको भारतीय फिल्म युनिटले पैसा नतिरे पछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले नेपालको सहयोगी टिमलाई पैसा नतिरी फर्किन लागेपछि विवाद उत्पन्न भएको हो । नेपाली पक्षले प्रहरी गुहारेपछि अहिले दुवै पक्ष गौशाला प्रहरी प्रभागमा छन् ।
निरज पाण्डेद्वारा निर्देशित अक्षयकुमारले अभिनय गरेको फिल्म ‘बेबी’को सुटिङ युनिटलाई नेपालको ‘आइसफल एड्भेन्चर्स प्रालीले’ले सहयोग गरेको थियो।
सुटिङ गर्दा ९५ लाख खर्च भएको तर ७० लाखमात्रै दिएर हिँड्न लागेको भन्दै नेपाली टिमले भारतीय फिल्म युनिटलाई रोकेपछि विवाद उत्पन्न भएको थियो ।
Comments




