वैशाख । बलिउड अभिनेत्री प्रियंका चोपडा फेरि एक पटक चर्चामा आएकी छिन् । उनी यो पटक चर्चा भने गायनको माध्यमबाट आएकी हुन् । चोपडाको तेस्रो हलिउड गीत रिलिज भएसँगै उनी चर्चामा आएकी हुन् ।
‘आइ क्यान नट मेक यु लब मी’ बोलको अंग्रेजी गीत प्रियंकाले हालै सार्वजनिक गरेकी हुन् । पहिला बोनी राइछद्वारा रेकर्ड गरिएको यो गीत अहिले प्रियांकाको स्वरमा रेकडिङ भएको हो ।
गीतलाई प्रियंकाले जस्ताको तस्तै तर आफ्नै स्वरमा रि रेकर्डिङ गराएकी हुन् । चलचित्र अभिनयमा आफ्नो अलगै पहिचान बनाएकी प्रियंकाको आवजमा गीत अलग अन्दाज जस्तो लाग्छ । गीत सुन्नमा आकर्षक र मीठास पूर्ण छ ।
Comments