अर्घाखाँचीमा सवारी दुर्घटना १९ को मृत्यु, कम्तिमा ४० घाइते


वैशाख १७ । अर्घाखाँचीमा आज भएको सवारी दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा कम्तिमा ४० जना घाइते भएका छन् ।

नरपानी ५ जगत भन्ने स्थानमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट साढे १२ बजे बुटवलका लागि छुटेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्कतर्फ जाँदै गरेको लु १ ख ७८२७ नम्बरको मिनीट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

साधुरो बाटो र तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।