वैशाख १५ । नेकपा एमालेका नेता केपी ओली पुनः अस्पताल भर्ना भएका छन् ।

बिरामीका कारण भारतमा उपचार गराएर फर्किएको महिना दिन बित्न नपाउँदै ओली गएरातीदेखि अस्पताल भर्ना भएका हुन् ।

गएराति ज्वरो आई वान्ता भएपछि महाराजगंजस्थित शिक्षण अस्पताल भर्ना गरी उपचार थालिएको छ ।

 उनलाई मेनेन्जाईटिस भएको आशंका गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

उनलाई चिकित्सकहरुले कम्तिमा तीन महिना भीडभाडमा नजान र आराम गर्न सल्लाह दिएका थिए ।

तर ओली भारतबाट फर्किए लगत्तै अध्यक्ष बन्ने दौडधुपमा निक्कै सक्रिय भएर लागेका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।