पौष १६ काठमाडौं
शेर्पा समुदाय केन्द्रित सौन्दर्य प्रतियोगिताको चौथो संस्करण अन्तर्गत ‘मिस शेर्पा२०१७’ को उपाधी डोल्मा शेर्पाले जितेकी छिन् । सोलुखुम्बु दुधकुण्डकी सोनामले १२ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष विजेता बनेकी हुन्।
शनिबार भएको फिनालेमा डोल्माले ताजसहित ३० हजार ३३३ रुपैयाँ नगद पुरस्कार पाइन्। उनलाई ताज सन् २०१२ की मिस शेर्पा छिमी शेर्पाले ताज पहिराइन्।
प्रतियोगितामा ल्हमु शेर्पा र मिङ्मा याङ्जी शेर्पा फस्ट र सेकेन्ड रनर्सअप बने। उनीहरुले क्रमशस् २० हजार २२२ र १० हजार १११ नगद पुरस्कार हात पारे।
Comments