काठमाडौं ११ वैशाख । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुर्यमणी गौतमले महासंघमा तीनवर्षसम्म बैठक भत्तावापत पाएको सबै रकम दुबै मृगौलामा समस्या भई उपचार गराइरहेका पत्रकार चुनबहादुर गुरुङको उपचारमा सहयोग गरेका छन् ।
 गौतमले बैठक भत्ता वापत पाएको ३९ हजार ८ सय रुपैयाँ गुरुङको उपचारका लागि सहयोग गरेका हुन् ।
महासंघको केन्द्रीय कार्यालय सिंनामंगलमा उक्त रकम आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष एवं गुरुङ स्वास्थ्य उपचार सहयोग समितिका संयोजक डण्ड गुरुङलाई महासंघका अध्यक्ष शिव गाउलेले सो रकम हस्तान्तरण गरेका हुन् । 
गौतमले यसअघि बैठक एवं यातायात भत्तावापत प्राप्त आठ हजार रकम उमासिंह पत्रकारिता पुरस्कार कोष र विभिन्न कार्यक्रममा पत्रकारिता प्रशिक्षण वापत प्राप्त १५ हजार स्वर्गीय पत्रकार डेकेन्द्र थापाका छोराछोरीको पठनपाठनका लागि सहयोग गरेका थिए । गौतमले तीन वर्ष अघि महासंघबाट कुनै पनि भत्ता सुविधा नलिने घोषणा गरेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।