कुल कार्हस्थ उत्पादनमा रेमिटेन्सको गणना गरिँदैन तर कुल गार्हस्थ उत्पादनमध्ये २४.७ प्रतिशत बराबर रेमिटेन्सको आकार पुगिसकेको छ । प्रतिवेदनमा भारतले सुचना प्रविधिको व्यापारबाट रेमिटेन्स भित्राइरहेको देखाएको छ । त्यस्तै वंगलादेशले गार्मेन्ट निर्यात गरेर र नेपालले चाँही श्रम गर्ने युवा जनशक्ति निर्यात गरेर रेमिटेन्स भित्राएको उल्लेख छ । विश्व बैंकले चैत २८ गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार, कुल अर्थतन्त्रको ५२ प्रतिशत रेमिटेन्स भित्राउनेको अग्रसुचीमा ताजिकिस्तन रहेको छ ।
त्यसपछि किर्जिक रिपब्लिक र नेपाल तेस्रोमा छ । नेपाल बराबरनै हिस्सा मोल्डोभाको रहेको छ । नेपाल रेमिटेन्सबाट बस्तु तथा सेवा आयात गर्नेमा पहिलो नम्बरमा छ । रकमका हिसावले भने सबैभन्दा वढी रेमिटेन्स भित्राउने मुलुकमा भारत रहेको देखाएको छ । भारतले ७० अर्ब अमेरिकी डलर बराबरको रेमिटेन्स भित्राएको प्रतिवेदनमा उल्लेख छ । यसपछि चीनले ६० अर्ब डलर र पिलिपिन्सले २५ अर्ब डलर रेमिटेन्स भित्राएको छ । तर देशको आन्तरिक विकासमा भने यसले खासै उत्पादनमूलक कार्य गर्न नसकेको पनि प्रतिवेदनमा औंल्याइएको छ ।
रेमिटेन्सका कारण बैंक प्रणालीमा अत्याधिक तरलता प्रवाह भएर रियलस्टेट र सेयर बजार अस्थिर रहेको पनि प्रतिवेदनमा छ । यही कारण बैंकहरु अझै खराव कर्जाको मारमा परेका छन् ।




