कसैले नपत्याएपछि केपी शर्मालाई समर्थन गरें : बामदेव गौतम

बैशाख ९ । नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आफुलाई पार्टीको आगामी नवौँ महाधिवेशनबाट पार्टी अध्यक्ष बन्ने इच्छा भएपनि कसैले नपत्याएपछि नेता केपी शर्मा ओलीलाई समर्थन गरेको खुलासा गरेका छन् ।

मदन भण्डारी फाउण्डेसनले राजधानीमा मंगलवार आयोजना गरेको एक अन्तरक्रियमा यस्तो खुलासा गरेका हुन् । ‘मैले ०५४ मा पार्टी फुटाउँने भूमिका खेलेर ठूलो गल्ती गरेँ,’ उनले भने, ‘म एक्लैलाई पार्टी फुटाएको आरोप लगाए कसैले पनि विश्वास गर्दैनन्, त्यही कारण वाध्य भएर मैले कसैलाई सहयोग गर्नुपरेको हो ।’ उनले कार्यक्रममा पार्टी भित्रको गुटवन्धी अन्त्य गर्न संसदीय दलका नेतासमेत रहेका ओलीलाई सर्वसम्त अध्यक्ष बनाउँनु पर्ने तर्क गरे । 

कार्यक्रममा पार्टी अध्यक्ष झलनाथ खनालले पार्टीलाई एकतावद्ध, प्रगतिशील बनाउँन नवौँ महाधिवेशन सर्वसम्मत र एकताको महाधिवेशन बनाउँनु पर्नेमा जोड दिए । कार्यक्रमा अध्यक्षको दाबी गरिरहेका ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच घोचपेच भएको थियो । ओलीले नेपालको र नेपालले ओलीको खुलेरै आलोचना गरेका थिए । खनालले भने बहशलाई अमर्यादित बनाएको भन्दै दुबैको घुमौरो पाराले आलोचना गरेका थिए । 
महाधिवशेन नजिकिँदै गर्दा अहिले एमाले भित्र एक–अर्काको आलोचना तिव्र बन्दै भएको छ । 

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।