वैशाख ९ । आगामी जेठ १४ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको सोमबार बसेको उच्च पदाधिकारीको बैठकले निर्वाचनको मिति घोषणा गरेको हो । 
विसं २०६५ मा स्ववियुको निर्वाचन भएपनि विद्यार्थी सङ्गठनहरूकाबीच विवाद हुँदा अघिल्लो साल निर्वाचनको मिति घोषणा गरिए पनि निर्वाचन भएको थिएन् ।
लामो समयदेखि हुन नसकेको निर्वाचनको मिति घोषणालाई नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुले स्वागत गरेपनि एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा(माओवादी निकट अखिल क्रान्तिकारीले भने विरोध गरेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।