अपडेट
वैशाख ६ । हिमपहिरोमा परी विश्वको सर्वोच्च शिखर सगरमाथामा शुक्रबार १५ जनाको मृत्यु भएको छ । मृत्यु हुने १५ जना नै भरिया बनेर गएका शेर्पाहरुसहितको समूह हो । 
हिमपहिरोमा परेका ४ जनाको भने उद्दार गरिएको छ । शुक्रवार विहान करिब साढे ६ बजेको समयमा खसेको हिमपहिरोमा परी उनीहरुकोे मृत्यु भएको हो । हिमपहिरोमा ज्यान गुमाउने मध्य आठ जना सोलुखुम्वु जिल्लाकै छन् । 
नाम्चे गाविस थामेका आङछिरिङ शेर्पा, दोर्जी शेर्पा, तेन्जिङ छोर्तेल शेर्पा र मिङमार शेर्पाको मृत्यु भएकोे हो । पाङ्बोचेका वाङ्गीले शेर्पा र फेमदोर्जी शेर्पा, संखुवासभाका फुर्तेम्बा शेर्पाको पनि मृत्यु भएको हो । त्यसैगरी खुम्जुङका छिरिङवङछु शेर्पा र लाक्पा तेन्जिङ शेर्पा र ताप्लेजुङका दोर्जी खत्रीको पनि मृत्यु भएको हो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।