वैशाख ४ । विमान परिचारिकाको काम के–हो ? विमानमा यात्रा गर्ने यात्रुको सेवा प्रदान गर्नेको । सबैले दिने सहज उत्तर पनि यही नै हो । तर,  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरीले भने गए राती एकजना विमान परिचारिकाबाट १९ तोला अवैध सुन बरामद गरेको छ । 
दुबईको सारजाहबाट काठमाडौं आएको एयर अरेबियाकी परिचारिकाबाट प्रहरीले यत्तिको रकम अवैध सुन वरामद गरेको हो । विमान परिचारिका  शुभेक्षा रेग्मीबाट विमानस्थल प्रहरीले १९ तोल दुई सय ३० ग्राम सुन बरामद गरेको जनाएको छ ।
 राति साढे ११ बजे त्रिभुवन विमानस्थलमा एयर अरेबियाको जहाज अवतरण भएपछि विमानस्थल भन्सारमा चेकजाँच गर्ने क्रममा इलाम घर भएकी रेग्मीको लगेजबाट विमानस्थल प्रहरीले अवैध सुन बरामद गरेको हो । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।