प्रचण्ड दलको नेता, प्रमुख सचेतक भने गिरिराजमणि

वैशाख ३ । एकीकृत नेकपा माओवादी संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बनेका छन् । दलको प्रमुख सचेतक भने गिरिराजमणि पोखरेललाई बनाइएको छ ।

एमाओवादी संसदीय बोर्डको आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यता, बैठकको निर्णय अनुसार फुजेल घटनामा गिरफ्तार गरिएका कार्यकर्ताको मुद्दा फिर्ता लिएर सरकारले माफी माग्नु पर्ने भन्दै आजको संसद बैठक अवरुद्ध गरिएको छ ।

कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा सरकारले चालेको कदमप्रति आपत्ति जनाउँदै एकीकृत माओवादीका सभासदहरुले अवरोध गरेपछि व्यवस्थापिका संसदको बैठक एक घण्टाका लागि स्थगित हुन गएको छ ।

नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बसेको बैठकको शुरुमैएमाओवादी नेता बाबुराम भट्टराईले द्वन्द्वकालिन मुद्धा ब्यूत्याएर आफूहरुलाई सक्ने खोजेको आरोप लगाए ।

त्यस लगत्तै एमाओवादीका सभासदले अवरोध गरेपछि बैठक स्थगित भएको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।