एउटा पुरानो हिन्दी चलचित्र छ– अन्धा कानुन। त्यसमा नायक अमिताभ बच्चन मान्छे मारेको अभियोगमा जेल पर्छन्। सजाय भुक्तान गरिसकेपछि उनले मारेको भनिएको मान्छे ज्युँदै भेटिन्छ। 
सन् १९८३ को उक्त चलचित्रको कथासँग मेल खाने घटना ओखलढुंगाको पलापु ८ मा भएको छ। एक बृद्ध पाँच महिनादेखि बेपत्ता थिए। उनको हत्या गरेको अभियोगमा दुई महिनाअघि एकै परिवारका तीनजना पक्राउ परे। उनीहरुले आफूले मारेको बयानमा स्वीकारे पनि। जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठायो। 
तर मारिएको भनिएका ६० वर्षीय ज्ञानबहादुर माझी आइतबार सकुशल भेटिए। उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। 
नभएको हत्याको अभियोगमा जेल पर्नेहरु गाउँकै ५० वर्षीय चित्रबहादुर माझी, उनका छोराहरु २८ वर्षीय कमल र १८ वर्षीय सुरेन्द्र रहेको खबर कान्तिपुर दैनिकमा छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।