चैत्र २९ । रौतहटको बिर्तास्थित प्रहरी चौकीका असई भुवनेश्वर पाण्डे कुकुर किचेको निहुँमा सवारी धनीसँग १ लिटर पेट्रोल लिएको आरोपमा पक्राउ परेका छन् ।

पाण्डेले केही दिनअघि कुकुर किचेर मारेको भन्दै सवारी नियन्त्रणमा लिई जबरजस्ती १ लिटर पेट्रोल लिई छाडेको सार्वजनिक भएछि अनुसन्धानका लागि पाण्डेलाई पक्राऊ गरिएको हो ।
चन्द्रनिगाहपुरबाट गरुडा जाँदै गरेको ना२च ७८४३ नम्बरको म्याजिक जीपले बिर्ता चोकमा एक कुकुरको किचेको थियो । घटनापछि चौकीका इन्चार्ज पाण्डेले जीपलाई नियन्त्रणमा लिई कारबाहीस्वरुप १ लिटर पेट्रोल घुस लिएका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।