चैत्र २८ । प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको नाम संसदीय सुनुवाई बिशेष समितिले अनुमोदन गरेको छ ।
अनुमोदनका क्रममा राष्ट्रिय जनमोर्चाले असहमति जनाएको छ भने नेपाल मजदुर किसान पार्टी तटस्थता बसेको थियो ।
समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने व्यवस्था छ ।

शर्माले न्यायालयमा राजनीतिक हस्तक्षेप रोक्नेबारे सभासदहरुले गरेको प्रश्न लगायत अन्य प्रश्नको पनि स्पष्ट जवाफ दिएका थिएनन् ।

यद्यपी, शुक्रबार समितिको कार्यालयमा भएको बैठकमा सदस्यहरुले शर्माको जवाफ चित्त बुझ्दो नभए पनि उनको नाम भने अनुमोदन गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।