चैत्र २७ । सरकारले संविधानसभाको उपनिर्वाचन असार ८ मा गर्ने निर्णय गरेको छ ।
मन्त्री परिषदको आज बसेको बैठकले दुई ठाउँ निर्वाचन जितेका नेताहरुले एक स्थान छाडेपछि हुन गइरहेको उपनिर्वाचनका लागि असार ८ गतेको मिति तोकिएको हो । 
उपनिर्वाचनका लागि ४ स्थान रिक्त रहेको छ ।रिक्त निर्वाचन क्षेत्रमा काठमाडौँ–२, कैलाली–६, बर्दिया–१ र चितवन–४ छन् । ती क्षेत्रबाट माधवकुमार नेपाल, शेरबहादुर देउवा, वामदेव गौतम र सुशील कोइरालाले राजीनामा गरेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।