काठमाडौँ, १४ फागुन । पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ । उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो ।
अढाइ घण्टा बित्दा बढी समयपछि आगो नियन्त्रणमा नियन्त्रणमा आएको थियो । आगो निभाउन चारवटा दमकल प्रयोग गरिएको थियो ।
घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका थिए । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
Comments