फागुन । परिचित फुटबल खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । हड्डी भाँचिएसँगै उनले अब केही समय फुटबलबाट बिश्राम लिनुपर्ने बाध्यता आईलागेको छ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फुटबल खेल्दै आएका नेइमारको फ्रेन्च लिगमा मार्सेविरुद्ध खेल्दा खुट्टामा चोट लागेर घाइते भएका थिए । उपचारको क्रममा नेइमारको मेटाटार्सल भाँचिएको र कुर्कच्चाको हड्डीमा समेत चोट लागेको चिकित्सकले बताएका छन् ।
पीएसजीले २ सय मिलियन पाउण्ड तिरेर नेइमारलाई आफ्नो क्लबमा ल्याएको थियो जुन विश्वकै महंगो हो । उनी त्यसअघि बार्सिलोनाबाट खेल्दथे ।
Comments







