चैत्र २५ । कडाईका साथ कारबाहीको अडान लिएपछि केही कर्मचारीले पिआर र डिभी त्याग्ने भन्दै आफूलाई टेलिफोन गरेको मन्त्री लालबाबु पण्डितले खुलासा गरेका छन् ।

उनले एक महिला कर्मचारीले सोमबार विहान मोबाइलमा फोन गरि आफूसंग पिआर रहेको र त्याग्ने बताएको जनाएका छन् ।

‘सोमबार विहान मात्रै एक कर्मचारी महिलाले आफूले लिएको पिआर त्याग्छु भनेकी छन्’ पण्डितले भने ‘मैले उनलाई स्यावासी दिएको छु’ ती महिलालाई आफ्नो पिआर त्यागेको प्रमाण लिएर मन्त्रालय आउन आग्रह गरेको उनको भनाइ छ।

‘त्यागेर आउनुहोस म तपाईँलाई फूलमाला लगाएर सम्मान गर्छु र राम्रो अवसरपनि दिन्छु भनेको छु’ उनले भने।
कानुन बनिसकेृपछि कारबाही भोग्न भन्दा अहिले नै पिआर र डिभी त्याग्न पण्डितले आग्रह गरेको खबर नयाँ पत्रिकामा छापिएको छ ।

ुमन्त्री पण्डितले नाम सार्वजनिक गर्ने क्रममा पुगेपछि कानुन पनि बनिसकेको अवस्था हुने त्यतिवेला त्याग्छौँ भन्नेहरुले छुट नपाउने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।