दिप बहादुर घर्ति

जाजरकोट २४ चैत्र । जिल्लाको एक प्राविमा पहिलो पटक इन्टरनेट सेवा जडान गरिएको छ । सदरमुकाम खलंगाको रामजानकी प्राथमिक विद्यालयमा इन्टरनेट सेवा सहितको  कम्प्युटर जडान गरिएको  हो । 
जिल्ला शिक्षा कार्यालय जाजरकोट र खलंगा गाविसको   आर्थिक सहयोगमा  इन्टरनेट सहितको कम्प्युटर  सेवा जडान गरिएको  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र शर्माले  वताए  । उनले   साढे दुइ लाख वरावरको खर्चमा   तीन वटा कम्प्युटर फोटो कपी  मेसिन, प्रिन्टर खरिद  गरिएको वताए ।  विद्यालयका  बालबालिका र शिक्षकहरुलाइ लक्षित गरि  कम्प्युटरको व्यवस्था  गरिएको  शर्माले बताए ।
 जिल्लाकै नमुना विद्यालयको रुपमा परिचित हुदै गएको उक्त विद्यालयमा पठन पाठनमा म नयाँ प्रविधी प्रयोग गर्न  कम्प्युटरले सहयोग गर्ने प्रधानाध्यापक अच्युतप्रसाद शर्माले बताए । बालवालिकाको रुचि र आवस्यक्ता अनुसाार वालमैत्री वातावरणमा  आधुनिक प्रविधिको प्रयोग गरि  विद्यार्थीहरुलाइ अझ वढी सृजनसील वनाउन कम्प्युटरको व्यवस्था गरिएको उनको भनाइ छ । विद्यालयमा  कम्प्युटर  आएपछि  विद्यार्थीहरु पनि खुसी भएका छन् ।
 नयाँ कुरा  देखेर उनीहरु  पढाइमा रुचि गर्न थालेको एक अभिभावकले वताए ।  विद्यालयमा कम्प्युटर आएको  छ भनेर आफना छोराछोरीहरु   पढ्न जान हतार गर्न थालेको खलंगा ३ का अभिभावक  रतन कार्कीले बताए । विद्यालयमा मल्टिमिडयाको प्रयोग गरी  पठनपाठन गरिने वताइएको छ । आगामी शैक्षिक सत्रको सुरुवात देखिनै कम्प्यटरको प्रयोगवाट सवै विषयको पढाइ गरिने  विव्यस  अध्यक्ष शर्माले बताए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।