काठमाडौं २५ फागुन । वाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभा सभामुखमा निर्विरोध भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिएपछि उनी निर्विरोध एक्ला उम्मेदवार भएका हुन् । उनलाई भोलि बस्ने संसद बैठकले सभामुखमा चयन गर्नेछ ।

महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।

यसअघि, आज बिहान उनलाई पार्टीले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । वाम दल एमाले र माओवादीबिच शक्ति बाँडफाँडमा राष्ट्रपति एमालेको भागमा र सभामुख माओवादीको भागमा परेको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।