चैत्र १९ । वैदेशिक रोजगार विभागको कार्यालय वरिपरी वसी विभागमा जाने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरीदिन्छौं भनी दलाली गर्ने पक्राउ परेका छन् ।
त्यसरी दलाली गर्ने दश जनालाई प्रहरीले बुधवार पक्राउ गरेको हो । दलाली गरेर रकम लिनेहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा बसुन्धाराका अन्जन मोक्तान, मोरङ्ग बबियाविर्ता ३ का रोशन शिवाकोटी, आर्धाखाँची मरेङ्ग ८ का दुर्गाप्रसाद पाण्डे, दोलखा सुन्द्रावति २ का राजकुमार चिमोरिया र मकवानपुर हेटौडा–१ का सन्दिप तामाङ छन् ।
यस्तै खोटाङ् दिक्तेल ३ का अशोक देउजा, महोत्तरी ओरहि ७ का विजय ढुंगेल, सिन्धुपाल्चोक लिसंखू ४ का सन्जय लामा, कपिलबस्तु महेन्द्रकोट ५ का भुवन थापा र सल्यान भलचौर १ का मोदनाथ ओलीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बबरमहलमा पेश गरी केही सार्वजनिक अपराध अन्तर्गत मुद्धामा म्याद थप गरिएको छ ।