चैत्र १६ । नेपाल पत्रकार महासंघ आजबाट ५९ औं वसन्तमा प्रवेश गरेको छ । महासंघले आज आफ्नो स्थापना दिवस मनाएको हो । 

प्रत्येक वर्ष चैत्र १६ गते महासंघले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । उक्त अवसरमा महासंघ केन्द्रीय कार्यालय तथा देशभरका शाखाहरुले विविध कार्यक्रमको आयोजना समेत गरेको छ ।
केन्द्रको आयोजनामा राजधानी काठमाडौंमा बिहान प्रभातफेरी गरिएको छ । बबरमहलबाट सुरु भएको प्रभातफेरीमा उल्लेख्यसंख्यामा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 
महासंघले आफ्नो स्थापना दिवस मनाईरहँदा विभिन्न सञ्चार संस्थामा भने श्रमजिवि ऐन अनुसार पारिश्रमिक नपाएको, तथा महिनौंदेखि तलब नपाएको भन्दै आन्दोलनरत् छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।