मलेसियाले हराइरहेको मलेसिया एअरलाइन्सको एमएच ३७० विमानको सम्भावित नयाँ १ सय २२ टुक्राको पहिचान भएको बताएको छ ।

मलेसियाका कार्यबाहक यातायात मन्त्री हिशामुद्धीन हुसैनले यस्तो दाबी गरेका हुन् । उनले मार्च २३ मा लिइएका भू–उपग्रहका तस्वीरमा २३ मिटर लम्बाईसम्मका टुक्रा हिन्द महासागरमा देखिए पनि त्यहाँसम्म अझै पुग्न नसकिएको जानकारी समेत दिए ।

हुसैनले ती टुक्रा पश्चिमी अष्ट्रेलियाको पर्थबाट करिब २५ सय ५७ किलोमिटर टाढा ,४ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बताए । यसबारे अष्ट्रेलियाको बचाव तथा समन्वय केन्द्रलाई २५ मार्चमा जानकारी दिएको पनि उनले उल्लेख गरे । एजेन्सीको सहयोगमा

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।