काठमाडौं २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र तिब्बत पक्षधर मास्टर कर्मा तन्पाइ ग्यालसेनलाई भेटेको फोटो बाहिरिएको छ । राजकिय भारत भ्रमाका क्रममा भारतस्थित नेपाली दुतावासमा नै ओलीले फ्रि तिब्बत पक्षधरसँग भेटेको, एक कार्यक्रमका बिच बधाई ग्रहण गरेको खुलेको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको फोटोमा उक्त भेटमा आयोजित कार्यक्रम नेपाली ढाका टोपी लगाएका व्यक्तिले सञ्चालन गरेका छन् कार्यक्रम नेपाली दुतावासमा नै आयोजना गरिएको छ ।

तिब्बतबाट निर्वासित धर्मगुरु दलाई लामाका निकट अनुयायी मास्टर कर्मा तन्पाइ ग्यालसेनबीच भएको यो भेटको तस्विर सार्वजनिक भएपछि कुटनीतिक वृत्तमा यसले छुट्टै चर्चा समेत पाएको छ । केही समय अगाडि एमालेका अध्यक्ष समेत रहेका ओलीलाई मास्टर ग्यालसेनले नेपालमै पनि भेटेको जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।