काठमाडौं १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अहिलेसम्म जमीनमा मात्रै नभएर आकाशमा पनि कञ्जुस्याइँ गरेको बताएका छन् । उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताएका छन् ।
‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ, ‘भारतले हामीलाई रुट दिनुपर्छ ।’ आइतबार प्रदेश ५ को संसदमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।
ओलीले पहिलो पटक प्रदेशसभामा सम्बोधन गर्दै नेपालले काठमाडौं बाहिर तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु पोखरा, भैरहवा र निजगढ बनाउने प्रयास भईरहेको बताएका थिए ।
Comments