चैत्र ९ । सरकारको नेतृत्व गरेको दल नेपाली काङ्ग्रेसकै केन्द्रीय सदस्य तथा सभासद्हरुले सरकारको विधी र प्रक्रियाको कडा आलोचना गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आइतवार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकमा यस्तो आलोचना गरेको हो । केन्द्रीय सदस्य तथा सभासद्हरुले सरकारको काम कार्वाहीप्रति त्यहाँ तिव्र असन्तुष्टि जनाएका थिए ।
सरकारले पार्टीभित्र छलफल नगरी संसद बाहिर नीति कार्यक्रम प्रस्तुत गरेको, मन्त्रीपरिषद्का सबै क्षेत्रलाई समेट्न नसकेको जस्ता विषयमा नेतृत्वको कढा आलोचना गरेका थिए । सरकारका विषयमा पार्टीभित्रै असन्तुष्टी बढ्न थालेपछि प्रधानमन्त्री सुशील कोइरालाले पार्टी र संसदीय दलको संयुक्त वैठक आह्वान गरेका हुन् ।
कांग्रेसमा दलको प्रमुख सचेतक र सचेतक मनोनयन गरिएको भएपनि दलको उपनेता र कार्य समिति बनाइएको छैन । उता, कार्यवहाक सभापतिको जिम्मेवारी नदिइएको भन्दै उपसभापति रामचन्द्र पौडेलले पनि असन्तुष्टी जनाएको स्रोेतले बतायो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।