काठमाडौं पत्रकार महासंघको मतदान सम्पन्न

अपडेटः काठमाडौं पत्रकार महासंघको मतदान सम्पन्न भएको छ । ९ सय ९५ मतमध्ये ७ सय १५ भोट खसेको छ । मतदान अहिले ८ बजेदेखि सुरु भएको छ ।

                                 …………………………..

चैत्र ९ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अधिवेशन अन्तर्गत आज मतदान प्रक्रिया हुँदैछ ।

हिजो उद्घाटन र बन्द सत्र भए पनि विवाद र समय अभावका कारण मतदान कार्य हुन सकेको थिएन ।

मतदान परिचयपत्रको बिबादले गर्दा शनिबार मतदान नभएको भए पनि आइतबार भने मतदाताको परिचयमा शंका लागेमा नागरिकता वा अन्य परिचय खुल्ने कागजात देखाउने गरि मतदानमा सहभागी हुन पाउने सहमति पछि आज दिउसो १२ बजे बाट मतदान  सुरु  भएको छ ।
                                                       ————

मतदान आज १० बजेदेखि हुने भनिए पनि मतदाताको परिचय पत्रको विषयमा भने विवाद रहेको छ । अन्य संघ संगठनले प्रेस चौतारीले फोटो र छाप नै नभएको परिचय पत्र वितरण गरेको, एउटै परिचय पत्र दोब्बर, तिब्बर छापेको लगायतका विषय उठाउँदै परिचय पत्रमा भएको अनियमितता टुंग्याउनुपर्ने बताएका छन् ।

आफ्नो नाम खुल्ने सरकारी सक्कली परिचय पत्रसहित नामावली अनुसारका व्यक्तिले मतदान गर्न पाउनुपर्ने व्यवस्था नभएको खण्डमा मतदान प्रभावित समेत हुने बुझिएको छ ।
निर्वाचनमा कांग्रेस समर्थित नेपाल प्रेस युनियन, एमाओवादी समर्थित क्रान्तिकारी पत्रकार संघ, नेकपा माओवादी समर्थित क्रान्तिकारी पत्रकार महासंघ, स्वतन्त्र पत्रकारहरुको संगठन, राष्ट्रिय सञ्चारकर्मी मञ्च लगायतले संयुक्त प्यानल दर्ता गरेका छन् । यता, एमाले निकट चौतारीले पनि छुट्टै आफ्नो प्यानल घोषणा गरेको छ ।
संयुक्त प्यानलमा भने अध्यक्षमा दिनेश बस्नेत, उपाध्यक्षमा सृजन झा, सचिवमा रामकृष्ण अधिकारी, कोषध्यक्षमा केशवप्रसाद न्यौपाने, सचिवमा टेक बहादुर रोका लगायतका संयुक्त प्यानल छ । ठूलो संख्या संयुक्त प्यानलमा रहेकाले जित उक्त प्यानलले ल्याउने आकलन धेरैले गरेका छन् ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।