प्रहरी नियन्त्रणमा नै ड्राइभरको निधन भएपछि चापागाउँ तनावग्रस्त

चैत्र ६ । प्रहरी नियन्त्रणमा नै रहेको अवस्थामा ट्याक्सी ड्राइभर रवि महर्जनको बुधबार राति निधन भएपछि ललितपुरको चापागाउँ तनावग्रस्त बनेको छ ।

ललितपुर चापागाउँको प्रहरी हिरासतमा रहेका उनलाई अस्पताल लैजाने क्रममा निधन भएपछि बिहानैदेखि चापागाउँ तनावग्रस्त बनेको हो ।

१४ दिनदेखि थुनामा रहेका महर्जन राति डेढ बजे अचानक छट्पटाएपछि उनलाई पाटन अस्पताल लगिएको र उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ । उनी गाजा सेवनका क्रममा समातिएको प्रहरीले जनाएको छ ।

ट्याक्सी ड्राइभरहरुले महर्जनलाई यातना दिएर मारिएको दाबी गर्दै चापागाउँदेखि सातदोबाटोसम्म यातायात अवरुद्ध गरेका छन्। प्रदर्शनकारीहरुले टायर बाल्दै प्रदर्शन गरेपछि सो क्षेत्र तनाबग्रस्त छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।