काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको शान्ति, सुशासन तथा विकासको लागि दश वर्षे जनयुद्ध भएको बताएका छन् ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दश वर्षे जनयुद्धको लक्ष्य नै देशमा शान्ति, स्थायित्व कायम गर्दै विकासको गतिलाई डोर्याउनु रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने“अब देशलाई शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउँछौँ”। “हामीले चलाएको दश वर्षे जनयुद्ध पनि शान्तिका लागि थियो, सुशासनका लागि थियो, विकासका लागि थियो, अहिले हामी त्यही संकल्पमा छौँ” ।
माओवादी प्रवक्ता पम्फा भुसालले राजनीतिक स्थायित्व र जनअपेक्षालाई सम्बोधन गर्न वाम गठबन्धन सफल रहने र त्यसका लागि नेकपा (माओवादी केन्द्र) प्रतिबद्ध भएर लागेको बताए ।
Comments