
चैत्र ४ । नेपालले ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा उत्साह जनक सहभागिता जनाएसँगै नेपालमा भने फ्यानहरुले जर्सीमा बढी रुची देखाएसँगै जर्सीको अभाव समेत हुन थालेको छ ।
जर्सीको आधिकारिक विक्रेताले आफूहरुसँग भएको जर्सी सबै बिकेको र बजार माग अनुसार पुर्याउन गाह्रो भएका छन् ।
नेपालले हङकङलाई ८० रनले हराएपछि क्रिकेटका फ्यानहरुले झनै जर्सीमा चासो देखाएका हुन् । जर्सीको अभाव हुन थालेपछि थप जर्सी बनाउन थालिएको बताइएको छ ।
हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।