परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले इन्टरनेट करको विषय सरकारले गम्भीर रुपमा लिएको बताएका छन् ।

उनले इन्टरनेटका विषयमा सरकारले केही न केही नयाँ गर्ने समेत बताए ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री ज्ञवालीले डा. गोविन्द केसीको जायज माग संसदबाट विधि प्रत्रियाबाट नै अघि बढ्ने बताए ।

उनले कर्णाली स्वास्थ्य शिक्षण प्रष्ठिानमा प्रहरीले बल प्रयोग गरेको विषयमा त्यहाँ ढुंगा मुढा गर्ने ठाउँ नभएको बताए । उनले भने, ‘हामीले डा. केसीको स्वास्थ्य अवस्था बुझ्न डाक्टरको टोल पठायौं, भित्र झिर्न नै दिइएन, जिवन रक्षाको लागि हामीले टोली पठायौं, तर भित्र ने ढुंगामुढा गरियो, त्यो ढुंगामुढा गर्ने ठाउँ पनि त हैन नि ।’


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।