साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक सही दिशामा अघि बढेको बताएका छन् । अस्थिरता र संक्रमणकालको अन्त्य भएर मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको उनले बताए ।

प्रवासी नेपाली मञ्च, पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च, पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तक्र्रियामा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने,–“जनताले स्थिरता र समृद्धिको पक्षमा जनादेश दिएको हो, वर्तमान सरकार सोही जनादेशअनुरुप नै मुलुकको समृद्धि र विकासमा लागिपरेको छ ।”

आगामी १२ वर्षभित्रमा मध्यम आय भएको मुलुकका रुपमा विकास गर्ने लक्ष्यका साथ सरकार अघि बढेको उनले बताए ।

अन्तर्राष्ट्रिय लगानी भित्र्याउनका लागि सोही अनुकूलको वातावरण निर्माणमा सरकार लागेको छ ज्ञवालीले भने,–“छिमेकी मुलुक, विकासमा साझेदार, श्रम गन्तव्य मुलुक र सयुंक्त राष्ट्रसंघलगायत बहुपक्षीय सयन्त्रमार्फत् अन्तर्राष्ट्रिय लगानी भित्र्याउने योजनाका साथ सरकार अघि बढेको छ ।

नेपालका आन्तरिक मामिलामा विगतमा हुने गरेका हस्तक्षेपको अन्त्य गर्दै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध नयाँ शिराबाट अघि बढेको उनले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।