काठमाडौं
नेपाल र चीनबिच अन्तरदेशिय गैर सरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्न ३ वर्षे समझदारी भएको छ । समाज कल्याण परिषद र चाइना एनजिओ नेटवर्क फर इन्टरनेशनल एक्सचेन्ज (सिएनआइई) बिच ३ वर्षे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

राजधानीको लैनचौर स्थित परिषद्को कार्यालयमा आइतबार आयोजित एक कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र चीनका भाइस मिनिस्ट्री एच.इ योङ्गजुनको उपस्थितिमा परिषद्का तर्फबाट सदस्य सचिव डिल्ली प्रसाद भट्ट र सिएनआइईका सदस्य सचिव जु रुईले हस्ताक्षर गरेका थिए ।

समझदारी पत्रमा जिविकोपार्जन, स्वास्थ्य सेवा, शिक्षा, सीपमा आधारित तालिम, सामुदायिक विकास र विपद व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्नका लागि चिनिया गैरसरकारी संस्थाहरुलाई परिचालन गर्ने विषयमा जोड दिइएको छ ।

कार्यक्रममा चीनका राजदुत यु होंग लगायत उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । चीनका ३० गैसस र नेपालका २० गैससका प्रतिनिधी पनि कार्यक्रममा उपस्थित रहेको परिषदका प्रवक्ता हरी तिवारीले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।