फागुन २७ । चीनको राजधानी बेइजिङका लागि उडेको मलेसियन एयरलाइन्सको विमान अझै पनि पत्तो लाग्न सकेको छैन ।

विमानमा १४ विभिन्न मुलुकका दुई सय ३९ यात्रु रहेका छन् । हराईरहेको उक्त विमानमा १ सय ५३ जना भने चिनियाँ नागरिक छन् ।

मलेसिया सरकारले हराएको विमानको खोजीका लागि पानी जहाज पठाएको छ । पश्चिमी भियतनामका साथै चिनियाँ जलक्षेत्रमा पनि खोजी जारी राखिएको छ । मलेसिया, चीन, अमेरिका र अष्ट्रेलियायाका ४२ भन्दा बढी जहाज तथा ३४ विमान खोजमा लागेको छ ।

सरकारले यात्रुको परिवारजनलाई कुनै पनि अप्रिय स्थितिको सामना गर्नलाई तयार रहन भनेको छ ।

उक्त विमान बेपत्ता हुनुको पछाडि अपहरणको आशंका पनि उत्तिनै गरिएको छ । उक्त विमानमा चोरिएको राहदानीबाट दुई यात्रुले यात्रा गरेको विषयले विमान अपहरणमा परेको आशंकालाई पनि बढाएको छ ।

यता, भियतनामको समुद्रमा जहाजको दुई टुक्रा देखिएको सूचना समेत प्रचारमा आएको थियो । त्यसको पुष्टि हुन नसकेको बताइएको छ । तर, भियतनामी नौसेनाले उक्त टुक्रा हराएको विमानको हुन सक्ने सम्भावना व्यक्त गरिरहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।