काठमाडौं ३ भदौं । स्थानीय तहले जथाभावी कर असुली गरेको भनेर चर्को विरोध भईरहेको बेला काठमाडौंस्थित चन्द्रागिरी नगरपालिकाको एक वडा भने कर छुट दिएर एकै चोटी चर्चाको शिखरमा पुगेको छ ।

चन्द्रागिरी नगरपालिका १५ वडाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गर्ने निर्णय गरेको थियो । उक्त निर्णय सकरात्मक भन्दै पत्रकार, नेता, कलाकार, बुद्धिजिवी, लेखकले पनि सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका सबै कार्य निःशुल्क गर्ने निर्णय गरेको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।