फागुन २५ । बढ्दो उर्जासंकट समाना गरिरहेको बंगलादेश सरकारले नेपालको जलबिद्युत क्षेत्रमा संयुक्त लगानी गर्ने र यहाँबाट अमेरिक डलरमा बिजुली किन्ने प्रस्ताव राखेको छ ।
कान्तिपुर दैनिकमा छापिएको खबर अनुसार बंगलादेश सरकारका तर्फबाट त्यहाँका बिद्युत,उर्जा तथा खनिज स्रोत राधा ज्ञवाली मन्त्रालयका सचिव मनोवार एस्लामले यस्तो प्रस्ताव राखेका हुन् ।
 सचिव इस्लामले उर्जामन्त्री र सचिव विश्वप्रकाश पण्डितसित बिहिवार भेटवार्ता गर यो प्रस्ताव गरेको उर्जा मन्त्रालयका प्रवत्ता केशध्वज अधिकारीले जानकारी दिए । उनी विश्व बैंक समुहको उन्तर्राष्ट्रिय बित्त निगमको पहलमा जलस्रोत सम्बन्धि सम्मेलनमा भाग लिन आएका थिए । नेपालको जलस्रोत विकासको उच्च सम्भाव्यतालाई कसरी यथार्थमामा रुपान्तराण गर्ने बिषयक सम्मेलन राजधानीमा मार्च ३ र ४ मा भएको थियो । सम्मेलनमा भारतका बिद्युत सचिव प्रदिपकुमार सिन्हासहितका अधिकारी सहभागी थिए ।
 बंगलादेशले दीर्घकालिन रुपमा नेपालबाट ४ हजार मेगावाटसम्म बिजुली किन्ने प्रस्ताव गरेको उर्जा मन्त्रालयका अधिकारी बताए । उसलेबाट ५ सय मेगावाट बिजुली किनिरहेको छ । बंगलादेश मुख्यतः प्राकृतिक ग्यासबाट उत्पादित उर्जामा निर्भर छ । उसले ८ हजार मेगावट उर्जा खपत गर्छ सन् २०२०सम्म मा १५/२० हजार मेगावाटसम्म पुग्दैछ । प्राकृतिक ग्यास भण्डार रित्तिदै जाँदा नेपालबाट बिजुली किन्ने प्रस्ताव गरेको हो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।