फागुन २३ । मिस टीनबाट आफ्नो ग्लामर करियर सुरु गरेकी कलिउड अभेनेत्री प्रियंका कार्कीले अन्ततः डेढवर्षपछि आफ्नो डिभोर्सको रहस्य खोलेकी छन् ।
 एक टेलिभिजन अन्तवार्तामा उनले यस्तो रहस्य खोलेकी हुन् । केही कुटनीतिक ढंगमा डिभोर्सबारे उल्लेख गरेकी प्रियंकाले सिनेमा खेल्न पतिले हस्तक्षेप गरेपछि आफूले डिभोर्स दिएको खुलाइन् । 
डेढवर्षअघि पति रोचक मैनालीसँग उनले सम्बन्ध विच्छेद गरेकी थिइन् । अहिलेसम्म यो रहस्यलाई उनले गोप्य राख्न कोसिस गर्दै आएकी थिइन् । तर, अन्ततः यो रहस्य खोलेकी हुन् ।

ती दुईबीच अमेरिका अध्ययनका क्रममा प्रेम बिबाह भएको थियो । केही बर्षको सम्बन्धपछि उनीहरुको सम्बन्धमा ब्रेक लागेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।