फागुन २२ । अमेरिकाले रसियन नागरिकालाई भिसा नदिने भएको छ । युक्रेनको क्रिमियामा हस्तक्षेपको विषयलाई लिएर अमेरिकाले यस्तो निर्णय गरेको हो ।

रसियन नागरिकसहित युक्रेन सार्वभौमिकताका विरोधीहरुलाई समेत भिषा नदिने निर्णय अमेरिकाले गरेको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

क्रिमियमाबाट आफ्ना सेना फिर्ता लिन अमेरिकाले दबाब दिईरहेको भएपनि रसिया पछि हटेको छैन । युक्रेनको विषयले अब अमेरिका र रसियाबीच दुरी बढेर गएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।