कञ्चनपुर, १९ भदौ । कृष्णपुर नगरपालिकामा सोमबार दुई युवती बेहोस अवस्थामा भेट्टिएका छन् ।

कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना र कैलालीको गोदावरी नगरपालिका–१ का बविता राना बेहोस अवस्थमा फेला परेका हुन् ।

दुवै जनालाई उपचारका लागि सेती अञ्चल अस्पताल भर्ना गरिएको इलाका प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ । बेहाेस हुनुकाे कारणबारे खुलेकाे छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।