काठमाडौं २६ भदौं । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले दिएको राजीनामाको सम्बन्धमा छानविन भइरहेको बताएका छन् ।

गृहमन्त्री थापाले गृहमन्त्रालयको काम शान्ति सुरक्षा दिने भएकाले छानबिन भईरहेको बताए ।

काभ्रेमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले मन्त्री फेरबदल हुने भन्ने कुरा हल्ला मात्रै भएको बताए । पार्टी एकताको प्रक्रिया चलिरहेको र पूर्ण नभएकाले अस्तव्यस्त जस्तो देखिए पनि असन्तोष र असहमति नभएको उनको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।