एजेन्सी
फागुन । उत्तरकोरियाले छोटो दुरीका शक्तिशाली मिसाइल परीक्षण गरेको छ । मिसाइल परीक्षणले प्रायद्धिपमा तनाब बढ्ने संकेत देखिएको छ ।

अमेरिकाको विरोधी खेमा मानिने रुससँग युक्रेनको विषयमा तनाब बढीरहेको बेला कोरियामा पनि नयाँ तनाब थपिएको छ ।

उत्तर कोरियाले एक हप्ता अघि अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैन्य अभ्यासको विरोधमा मिसाइल परीक्षण गरेको एजेन्सीले जनाएका छन् ।

उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकालाई सैन्य अभ्यास नगर्न यसअघि पनि चेतावनी दिएको भएपनि त्यसको खासै प्रभाव भएको छैन । दुवै देशले उत्तरको चेतावनीलाई बेवास्ता गर्दै फ्रेबवरी २४ देखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।

यसअघि पनि दुई देशबीच युद्ध छेडिने अवस्थामा पुगेको थियो । त्यसपछि केही साम्य भएपनि पुनः तनाब बढ्न सक्ने देखिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।