यस वर्षको ओस्कर अवार्डमा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘ट्वेल्ब इयर्स अ स्लेभ’ ले जितेको छ ।

ऐतिहासिक कथामा आधरित ‘ट्वेल्ब इयर्स अ स्लेभ’ले ८६औं ओस्कर संस्करणमा सर्वोत्कृष्ट चलचित्रको उपाधि जितेको हो ।

यस्तै, यस वर्षको ओस्कर अवार्डमा ६ वटा प्राविधिक विधासहित सर्वोत्कृष्ट निर्देशकको उपाधि जित्दै ‘स्पेस ड्रामा ग्र्याभिटी’ले इतिहास रचेको छ ।

ग्र्याभिटी’का निर्देशक अल्फेन्सो कुरान ओस्कर जित्ने पहिलो ल्याटिनो निर्देशक समेत बनेका छन् ।

उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकको अवार्ड विभाजित भएको यो लगातार दोस्रो पटक हो । उडी एलेनको ‘ब्लु जस्मिन’बाट अष्ट्रेलियन अभिनेत्री केट ब्लान्चेट सर्वोत्कृष्ट अभिनेत्री बनिन् ।

बेलायती चलचित्र ‘डल्लास बायर्स क्लब’ बाट म्याथ्यु म्याकुन्घी सर्वोत्कृष्ट अभिनेता बने । यस चलचित्रले सम्पादन, ध्वनी मिश्रण, छायांकन, भिजुअल इफेक्ट र ओरिजनल स्कोर जस्ता प्राविधिक विधामा पनि पुरस्कार जित्यो ।

अमेरिकाको लस एन्जलस्स्थित डब्ली थिएटरमा विभिन्न १० विधामा ओस्कर अवार्ड प्रदान गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।