आधुनिक तथा गप गीतमा डेरा जामाएकी नायिका तथा मोडल अनुशाह वैवाहिक सम्बन्धमा बाँधिएकी छिन् । मोडल विकास लामिछानेको प्रेममा रहेकी शाहले उनलाई धोका दिएर अर्कै व्यक्तिसँग विवाह गरेकी छिन्।
 तर, उनको विवाह रियल लाईफमा नभई पञ्जेबाजाको गीतका लागि तयार पारिएको म्युजिक भिडियोमा भएको हो । 
गायिका देवी  घर्तीमगर र गायक कमल ज्ञवालीको स्वर रहेको यस म्युजिक भिडियोमा मोडलद्धय शाह र लामिछानेको दमदार अभिनय रहेको छ ।  नेपाली कलासंस्कृति तथा पञ्चेबाजाको महत्वलाई समेटेर निर्माण गरिएको यो गीतलाई रामेश्वर कार्की र श्रीकृष्ण फुयालको छायांकन गरेका हुन् ।  म्युजिक भिडियालाई सनम अधिकारीले निर्देशन गरेका छन् । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।