काठमाडौं २२ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनाको अनुसन्धानमा खटिएका थप दुई जना प्रहरी निलम्बनमा परेका छन् ।

घटना भएको दिन निर्मला पन्तको शवको लुगा पखाल्ने चाँदनी साउद र असई हरसिंह धामीलाई निलम्बन गरिएको हो ।

यसअघि एपीसहित छ जना प्रहरीलाई निलम्बित भइसकेको छन् । निलम्बनमा पर्नेहरूमा एसपी डिल्ली विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।