अर्खा–४ का खिमे सुनारको परिवारले प्रक्रिया थाहा नपाउँदा ६ महिनामा पनि शव बुझ्न नपाएका हुन् ।
शव नआउँदा काजक्रियाको काम समेत प्रभावित भएको छ । २०६५ सालमा पहिलो पटक बैदेशिक रोजगारीमा गएका सुनार २ वर्षपछि ४५ दिनको बिदामा घर आएर फेरि विदेश फर्किएपछि उतै निधन भएको हो ।




