वर्षौ देखी जग्गाधनी पुर्जा विहिन बर्दियाको एतिहासिक ब्यापारीक केन्द्र राजापुरका स्थानियले राजापुर नगरपालिकामा ७ दिने अल्टीमेटम सहितको ज्ञापन पत्र बुझाएका छन्।
स्थानिय तहको निर्वाचन सम्पन्न भएर निर्वाचित जनप्रतिनिधीहरुको कार्यकालको ६ महिना वितिसक्दा पनि नगरपालिकाले जग्गाधनी पुर्जा वितरण गर्न कुनै चासो नदेखाएको र पहल समेत नगरेको भन्दै स्थानियले जग्गाधनी प्रमाणपत्र वितरणको माग गर्दै नगरपालिकामा अल्टीमेटम सहितको ज्ञापन पत्र बुझाएका हुन ।
जग्गाधनी पुर्जाका लागि लामो समयदेखि राज्यका विभिन्न निकायहरुमा हारगुहार गर्दा पनि कुनै सुनवाई नभएपछी आफूहले एक हप्ते अल्टीमेटम सहित चरणवद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न वाध्य भएको स्थानिय विष्णुप्रसाद ज्ञवालीले बताएका छन्।
प्राथमिकताका साथ लालपुर्जा वितरण कार्य थाल्ने चुनावी एजेण्डा वोकेर निर्वाचित भएका जनप्रतिनिधिहरुवाट समेत हाल सम्म कुनै पहल हुन नसकेकाले नगरपालिकाको कार्यालयमा तालावन्दी गर्ने सम्मका चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न आफूहरु वाध्य भएको उनी बताउँछन्।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।