१० किलो अवैध सुनसहित तीन जना पक्राउ

फागुन  १५ । प्रहरीले १० किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।  चीनको खासाबाट काठमाडौं ल्याउदै गरेको अवस्थामा प्रहरीले सुनसहित एक नेपाली र दुई चिनिया नागरिकलाई पक्राउ गरेको हो ।

बा ९ च ७२६८ नम्बरको जीपमा प्लाष्टिकको झोलामा राखेर ल्याइदै गरेको अवैध सुन चेकिङ गर्दा बाह्रबिसेबाट प्रहरीले नियन्त्रणमा लिएको हो ,

अवैध सुनसहित दुई चिनियाँसहित एक नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका जीमी शर्पा, चिनियाँ नागरिकहरु सीजङ घ्याम्पुङ र कर्माछिरिङ शेर्पा रहेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।