काठमाडौं । नेपाल सरकारले २५ लाख अश्लिल र यौन सम्बन्धी साइट बन्द गरेको दाबी गर्दै आगामी १ वर्षभित्र थप ३ लाख बेवसाइट बन्द गर्ने तयारी गरेको छ ।
समाजमा नराम्रो असर पुर्याएको ठहर गर्दै अश्लिल र यौन सम्बन्धी ३ लाख वेबसाइट बन्द गर्ने तयारी गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताए ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको उद्घाटनका क्रममा आइतबार उनले पच्चीस लाख अश्लील वेभसाइट बन्द गरेको दाबी गर्दै क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गर्दै जाने बताएका हुन् ।
उनले इन्टरनेटको पहुँचसँगै अश्लील वेभसाइटले विकृत मानसिकता पैदा गर्ने भएकाले समाजमा असल नागरिकका रुपमा स्थापित गराउन र सुरक्षित वातावरण निर्माण गर्न अश्लील वेभसाइट बन्द गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । भिडियाेमा हेर्नुहाेस्